प्रिमियर लिग: युनाइटेडसँग चेल्सीको बराबरी, शीर्ष चारमा पर्ने सम्भावना मजबुत

एजेन्सी । चेल्सीले प्रिमियर लिगमा शीर्ष चारमा पर्ने सम्भावनालाई थप मजबुत बनाएको छ । प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडसँगको खेलमा चेल्सीले १–१ को बराबरी गर्दै अंकतालिकाको चौथो स्थानमा यथावत रहेको छ ।
खेलको ११ औं मिनेटमा हुवा माटाको गोलबाट युनाइटेडले अग्रता लिएको थियो । लुके शले दिएको पासमा माटाले गोल गरेका थिए । तर, चेल्सीले मध्यान्तर अघि नै गोल गर्दै खेललाई बराबरी ल्याएको थियो । मार्कोस अलन्सोले चेल्सीका लागि बराबरी गोल गरेका थिए ।दुवै टोलीले थप गोलका लागि मौका पाएका थिए तर सफल हुन सकेनन् । प्रिमियर लिगका शीर्ष चारका दाबेदार टोलीले यो साता जित हासिल गर्न सकेनन् । टोटेनह्याम वेस्ट ह्यामसँग १–० ले पराजित भयो भने आर्सजनल लेस्टर सिटीसँग ३–० ले पराजित भयो ।आइतबारको नतिजापछि चेल्सी चौथो स्थानमा यथावत रहेको छ । अन्तिम दुई खेल बाँकी रहँदा चेल्सी तेस्रो स्थानको टोटनेह्याम भन्दा २ अंकले पछि र पाँचौ स्थानको आर्सनल भन्दा १ अंकले माथि छ । छैटौं स्थानमा रहेको युनाइटेडको ६५ अंक छ ।








