ढुक्क हुनुहोस, दशैं–तिहारअघि सार्वजनिक सवारीको भाडा बढ्दैन

भदै २२, काठमाडौँ । आसन्न दशैं–तिहाररमा सार्वजनिक सवारीको भाडा वृद्धि नहुने भएको छ । सरकार, उपभोक्ता अधिकारकर्मी, व्यवसायीसहित बसेको बैठकले दशैंअघि सार्वजनिक यातायातको भाडा वृद्धि नगर्ने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।   

व्यवसायीहरुले लामो समयदेखि भाडा वृद्धिको माग गर्दै आए पनि विभागसँगको छलफलमा दशैंअघि भाडा नबढाउने तर त्यसपछि भाडा निर्धारण गर्ने सहमति भएको हो । ‘विगतभन्दा पहिले यातायात व्यवसायी धेरै जिम्मेवार देखिए’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘दसैं अगाडि भाडा वृद्धि हुँदैन ।’ यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + four =