फरार हैनन् ‘महाध्यानमा’ बम्जन !

माघ २७, सिन्धुली । फरार रहेका भनिएका ‘तपस्वी’ रामबहादुर बम्जन सिन्धुलीमै गत असारदेखि तीन वर्षका लागि महाध्यानमा बसेको बोधी श्रवण धर्म संघले जनाएको छ । संघले सोमबार पत्रकार सम्मेलन गरी बम्जन तीन वर्षका लागि महाध्यानमा रहेको जानकारी गराएको हो । 

अदालतको आदेश अनुसार यही माघ २४ गते प्रहरीको टोली बम्जनलाई पक्रन सिन्धुलीस्थित उनको आश्रममा पुग्दा उनी नभेटिएपछि रित्तो हात फर्किएको थियो ।   

बम्जनमाथि १८ वर्षीय आनीलाई यौन दुर्व्यवहार गरेको आरोपमा किटानी जाहेरी परेपछि जिल्ला अदालत सर्लाहीले पक्राउ गर्न आदेश दिएको थियो । सोही अनुसार प्रहरी त्यहाँ पुगेको थियो, तर प्रहरीले बम्जनलाई आश्रमा भेट्टाउन सकेन र रित्तो हात फक्र्रिएको थियो ।   

तर संघले भने प्रहरीले आश्रममा तोडफोड गरेको आरोप लगाएको छ । संघले आज पत्रकार सम्मेलन गरि ‘तपस्वी’ बम्जन फरार रहेको भन्नु, शान्त तथा शालीन मैत्रीय वातावरणमा धार्मिक स्थलमा छापा मार्नु दुःखद भएको बताएको छ । संघले प्रहरीले धार्मिक स्थलमा ज्यादती गरेको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यदि आफूहरुले कानुनविपरीत कुनै कार्य गरेको भए सजाय भोग्न तयार रहेको जनाएको छ । 

बम्जन भगवानको अवतार रहेको भन्दै अदालत तथा प्रहरीमा समय आएपछि आफैँ गएर जवाफ दिन जाने बोधी श्रवण धर्म संघ केन्द्रीय अध्यक्ष नील बहादुर थिङ्गले बताए । 

आफ्ना गुरु बम्जन काहाँ र कुन अवस्थामा हुनुहुन्छ भन्ने कुरा आफूहरुलाई थाहा नभएको र आफ्नो कर्तव्यभन्दा माथि जान नमिल्ने बम्जनका मुख्य सहयोगी तोप्चेन गुरुमार्गका नामले चिनिने ज्ञानबहादुर बम्जनले बताए ।   

आफूहरुको नजरमा बम्जन सधैँ सत्य रहेको र उनकै शिक्षा, निर्देशन एवं वचन कल्याणकारी रहेको बताउँदै कहिल्यै असत्य बाटोमा लाग्न नसक्ने बम्जनका मुख्य सहयोगी तोप्चेनले बताए । 

पछिल्लो समय रौतहटकी एक १८ वर्षीय गंगामाया तामाङले पत्रकार सम्मेलन गर्दै बम्जनले आफूमाथि बलात्कार गरेको आरोप लगाएर बम्जनविरुद्ध थप आरोपहरूसहित प्रहरीमा उजुरीहरू परेपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को विशेष टोली र प्रहरीले अनुसन्धान गर्दै आएको छ । 

बाराको रतनपुरी गाउँनजिकैको वनबाट तपस्या सुरु गरेका बमजनले पछिल्लो दशकमा सिन्धुपाल्चोक, लमजुङ र सर्लाहीमा समेत आश्रम बनाएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − nine =