एलेन कलेजका अध्यक्ष मनोज मेहतालाई सुनसरी प्रहरीको संरक्षण

ईनरुवा २७ माघ । एलेन कलेज अफ ईन्जिनियरिङ प्रा.लि. ईनरुवाका अध्यक्ष मनोजकुमार मेहतालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले संरक्षण दिएको खुलासा भएको छ । 

 

एलेन कलेज अफ ईन्जिनियरिङ प्रा.लि.को माध्यमबाट ठगि गरेको भन्दै कलेजका अध्यक्ष मनोज कुमार मेहता सहित संचालक बिरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा ठगि मुद्धा दर्ता भएपनि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक राजन अधिकारीले कलेजका अध्यक्ष मनोज मेहतालाई संरक्षण दिएको खुलासा भएको हो । मेहता बिरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा ठगि मुद्धा दर्ता भएपनि प्रहरी उपरिक्षक राजन अधिकारीको संरक्षणमा मेहतालाई हिरासतमा नलिई बिभिन्न बहाना देखाउँदै उन्मुक्ति दिने खेल भई रहेको समाचार श्रोतको दावी छ । 

null

एलेन कलेज अफ ईन्जिनियरिङ प्रा.लि.इनरुवाले सीटीईभिटीबाट मान्यता प्राप्त नै नगरी कम्प्युटर सिस्टम एडमिनिस्टर एण्ड डेभलोप्मेन्ट १३२० घण्टाकोे कार्यक्रम संचालक गरी विद्यार्थीहरुबाट लाखौं रुपैँया ठगि गरेको भन्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभिटीको पूर्व क्षेत्र क्षेत्रीय कार्यालय इटहरीले सो कलेजले संचालक गर्दै आएको कार्यक्रम बन्द गराई पीडित प्रशिक्षार्थीलाई क्षतिपूर्ति दिलाउन आवश्यक कार्वाही अगाडी बढाउन अनुरोध सहितको पत्र सहित अभिभावक तथा विद्यार्थीहरुले कलेजका अध्यक्ष मेहता तथा संचालक बिनोद शर्मा बिरुद्ध ठगि मुद्धा सुनसरी प्रहरीमा दर्ता गराएपनि प्रहरीले भने संचालक शर्मा पक्राउ गरी हिरासतमा लिएको भएपनि ठगि गर्ने मुख्य नाईके कलेजका अध्यक्ष मनोज कुमार मेहतालाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन् । 

अस्वस्थ्यताका कारण मेहतालाई परिवारको जिम्मामा उपचारका लागि नियन्त्रणमा नलिएको बताउने प्रहरीले स्वास्थ्यमा सुधार भएपछी मात्र मेहतालाई नियन्त्रणमा लिइने बताउँदै आएको छ । प्रहरी स्वास्थ्य समस्यालाई कारण देखाउँदै आएपनि मेहता भने बिरामीको बाहानामा उन्मुक्तिको प्रयासमा जुटेको श्रोतको दावि छ । 

बिरामी भनिने मेहता उपचारको नाममा कहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान धाउने त कहिले थप उपचारका लागि भन्दै बिराटनगरको नोबेल पुग्ने गरेका छन् । यद्यपी पारिवारिक निकट श्रोतका अनुसार मेहताको स्वास्थ्य अवस्था सामान्य रहेको र चेकजाँचका लागि बेला बखत अस्पताल धाउँने गरेपनि घरमै आराम गरी समय बिताई रहेका छन् । 

संचालक शर्मालाई पक्राउ गरी कार्वाही चलाई रहँदा कलेजका प्रमुख जिम्मेवार अध्यक्ष मेहतालाई भने पक्राउ नगरिँदा जनमानसमा प्रहरी र प्रशासन बिरुद्ध शंकाउपशंका उत्पन्न हुन थालेको छ । थोरै बिरामी र धेरै नाटक गरी रहेको बताउने श्रोत मेहताले प्रहरीलाई समेत गुमराहमा राखी रहेको बताउँछन्। 

यता जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरी उपरिक्षक राजन अधिकारीले भने बिरामी अवस्थामा रहेको मेहतालाई हिरासतमा नलिई परिवारको जिम्मामा उपचारको लागि छाडेको बताएका छन्। स्वास्थ्यमा सुधार हुने बित्तिकै नियन्त्रणमा लिई ठगि बिरुद्धको कार्वाही अघि बढाईने अधिकारीले बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twelve =