ख’ र‘ ग’ वर्गका वित्तीय संस्थाले अर्को प्रदेशमा शाखा सञ्चालन गर्न नपाउने

पुस १३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले ख र ग वर्गका फाइनान्स कम्पनीलाई अर्को प्रदेशमा शाखा सञ्चालन गर्नमा रोक लगाउने भएको छ । 

ख वर्गका विकास बैंक र ग वर्गका फाइनान्स कम्पनीले अर्को प्रदेशमा शाखा सञ्चालन गर्न पाउने छैनन् । 

विकास बैंक तथा फाइनान्स कम्पनीको शाखा दुई वा दुई वा दुई भन्दा बढी प्रदेशमा विस्तार भइरहेका बेला नेपाल राष्ट्र बैंकले शाखा अन्य वा अर्को प्रदेशमा भए २०७७ असार मसान्तसम्म बन्द गरिसक्नुपर्ने व्यवस्था गरेको हाे । 

null

त्यस्तै राष्ट्र बैंकले प्रादेशिक रुपमा सञ्चालित विकास बैंक र फाइनान्स कम्पनीको चुक्ता पुँजी निर्धारण गरेको छ। ‘ख’ वर्गका बित्तीय संस्थाले प्रादेशिक स्तरको बैंक हुन चाहेमा चुक्तापूँजी १ अर्ब २० करोड कायम गर्नुपर्ने उल्लेख छ ।  

यस्तै, ‘ग’ वर्गका वित्तीय संस्थाहरुले प्रादेशिक स्तरको वित्तीय संस्थाको रुपमा काम गर्न चाहेमा चुक्तापूँजी ५० करोड न्यूनतम पुर्याउनुपर्नेछ । ग वर्गमा रही राष्ट्रिय स्तरको वित्त कम्पनीको रुपमा काम गर्न चाहने संस्थाको चुक्तापूँजी न्यूनतम ८० करोड रुपैयाँ हुनुपर्छ । प्रदेश स्तरका लघुवित्तलाई २ करोड पुँजी तोकिएको छ। 

अर्को प्रदेशबाट शाखा स्थानान्तरण नगरे स्वीकृति लिएको प्रदेशमा विस्तार गर्न पाउने छैन। चुक्ता पूँजी पुरा गर्ने बेलामा मर्जर वा प्राप्तिलाई प्राथमिकतामा राख्न पनि निर्दशनमा भनिएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =