ओमानमाथि नेपालको फराकिलो जित

 

बैशाख ३, काठमाडौं । मलेसियामा जारी यू–१९ विश्वकप छनोट अन्तर्गतको चौंथो खेलमा नेपालले फराकिलो जित हात पारेको छ । 

टस जितेर पहिले फिल्डिङ रोजेको ओमानलाई नेपालले १५० रनले पराजित गर्दै फराकिलो जित हात पारेको हो । 

null

क्वालालाम्पुरको सिंलेगर टर्फ क्लबमा मंगलबार भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाएको थियो । २३० रनको लक्ष्य पाएको ओमानको यू–१९ टोली ४४.१ ओभरमा ७९ रन मात्रै बनाउन सक्यो । 

ओमानका अमनप्रित सिराह र जिल टन्नाले समान १–१३ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्। 

नेपालका पवन सर्राफले ३ तथा सुर्या तामाङ र प्रतिश जिसीले २–२ विकेट लिए। त्यसबाहेक नेपालका कुशल मल्ल, भीम सार्की र कमलसिंह ऐरीले १–१ विकेट लिए। 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ७५ रनको अर्धशतकीय इनिङ्स खेले । ८१ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे। यस्तै प्रतिष जिसीले ४१ रन, भिम सार्कीले ३९ रन, अभिशेक बस्नेतले १५ जोडे भने रित गौतम १० रनमा आउट भए । 

ओमानका मुजाहिर राजा, संजय रबिन्द्र, जिल तन्ना र अजम अलीले समान २–२ विकेट लिए । 

पहिलो खेलमा सिंगापुरलाई २१७ रन र तेस्रो खेलमा मलेसियालाई ८ विकेटले हराएको नेपाल युएईसँग १ रनले पराजित भएको थियो । 

सन् २००७ को एसीसी एलाइट कप यू–१९ क्रिकेटमा नेपालले ओमानलाई ८ विकेटले हराएको थियो । 

जितसँगै नेपाल ४ खेल खेलिसक्दा ६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =