विवादित गाेलमा चेल्सीको पुनरागमन

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले कार्डिफ सिटीलाई पराजित गरेको छ । आइतबार भएको खेलमा चेल्सीले कार्फिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो। 

कार्फिडको घरेलु मैदानमा चेल्सीले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो । चेल्सीलाई जित दिलाउन सेजर एज्पीलिक्वेटा र रुबेन लोफ्टसले एक एक गोल गरे । कार्डिफका भिक्टोर क्यामेरासाले एक गोल गरे। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४६ औं मिनेटमा क्यामेरासाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेलको ८४ औं मिनेटमा एज्पीलिक्वेटाले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए।  

null

तर, एज्पीलिक्वेटाको गोल भने विवादित रह्यो । एज्पीलिक्वेटाले अफसाइड गोल गरेको भन्दै कार्डिफका खेलाडीले आपत्ति जनाएका थिए।त्यसपछि खेलको इन्जुरी समयमा लोफ्टसले गोल गर्दै चेल्सीलाई २-१ को महत्वपूर्ण जित दिलाए। 

जितसंगै चेल्सीले ३१ खेलबाट ६० अंक जोडेको छ। चेल्सी लिगको छैटौं स्थानमा छ । पराजित कार्डिफ २८ अंकसहित रेलिगेसन जोनमा रहेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 3 =