आईपीएल: दिल्लीको शानदार जित, सन्दीपले पाएनन् मौका

एजेन्सी । दिल्ली क्यापिटल्स आईपीएल क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ । नेपाली युवा खेलाडी सन्दीप लामिछाने सम्मिलित दिल्लीले घरेलु मैदानमा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको हो । 

राजस्थानले दिएको ११६ रनको लक्ष्य दिल्लीले १६.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो । दिल्लीले २८ रन हुँदा शिखर धवन र पृथ्वी श लाई इश शोधीको लगातार दुई बलमा गुमाएपछि केही दबाबमा परेको थियो । धवन १६ तथा शा ८ रन बनाएर आउट भएका थिए । 

 

null

त्यसपछि कप्तान श्रेयस ऐय्यर र ऋषभ पन्तले पारी सम्हालेका थिए । ऐय्यर १५ रनमा आउट हुँदा पन्त अन्तिमसम्म क्रिजमा रहँदै अर्धशतकीय पारिको योगदान गरेका थिए । कोलिन इंन्ग्राम १२ तथा शरफेन रदरफोर्ड ११ रनमा पेभेलियन फर्किएका थिए । राजस्थानका इस सोधीले ३ तथा श्रेयस गोपालले २ विकेटले लिएका थिए । 

पहिला ब्याटिङ गरेको राजस्थानले ५७ रन बनाउँदा ६ विकेट गुमाएको थियो । तर, रियान प्रयागले ५० रन बनाएपछि राजस्थानले मध्यम लक्ष्य दिएको थियो । राजस्थानका लायम लिभिङस्टोनले १४ रन बनाउँदा श्रेयस गोपालले १२ बनाए भने अरु ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । 

दिल्लीका अमित मिश्रा र इशान्त शर्माले तीन तीन विकेट लिँदा ट्रेन्ट बोल्टले २ विकेट लिए । शनिबारको नतिजासँगै राजस्थान रोयल्स र किंग्स इलाभेन पञ्जाब प्रतियोगितबाट बाहिरिएका छन् । प्रतियोगितबाट बाहिरिने पहिलो टोली भने रोयल च्यालेन्जर्स बैंग्लोर रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 8 =