बलात्कारका आरोपित अनेरास्ववियुका नेता राईलाई क्षतिपूर्तिसंगै जेल सजाय
२०७६ फागुन ३० गते

फाेटाेः गुगल
फागुन ३०, काठमाडौँ । बलात्कारको आरोप लागेका अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई अदालतले क्षतीपूर्तिसँगै कैदको फैसला गरेको छ ।
काठमाडौ जिल्ला अदालतले उनलाई १ लाख ५० हजार क्षतिपुर्ति सँगै ८ बर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।

उनलाई जिल्ला न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले दोषी ठहर गरि बिहिबार उक्त सजाय तोकिएको सूचना अधिकारी ज्ञानबहादुर कार्कीले बताए ।
राईले गत कार्तिक महिनामा भाइटीकाको अघिल्लो साँझ आफ्नै साथीको १८ वर्षिया बहिनीलाई देउसी खेल्न बोलाएर गोकर्ण-६ माकलबारीमा जबर्जस्ती करणी गरेका थिए । पिडित किशोरीको उजुरीपछी उनलाईलाई प्रहरीले पक्राउ गरेको थियो ।
२०७६ फागुन ३० गते
प्रतिक्रिया
सम्बन्धित








