बलात्कारका आरोपित अनेरास्ववियुका नेता राईलाई क्षतिपूर्तिसंगै जेल सजाय

फाेटाेः गुगल 

फागुन ३०, काठमाडौँ । बलात्कारको आरोप लागेका अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई अदालतले क्षतीपूर्तिसँगै कैदको फैसला गरेको छ ।   

काठमाडौ जिल्ला अदालतले उनलाई  १ लाख ५० हजार क्षतिपुर्ति सँगै  ८ बर्ष ६ महिना कैद सजायको फैसला  गरेको छ ।   

Image result for अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राई

उनलाई जिल्ला न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले  दोषी ठहर गरि बिहिबार उक्त सजाय तोकिएको सूचना अधिकारी ज्ञानबहादुर कार्कीले  बताए ।   

राईले  गत कार्तिक महिनामा भाइटीकाको अघिल्लो साँझ आफ्नै साथीको १८ वर्षिया बहिनीलाई देउसी खेल्न बोलाएर  गोकर्ण-६ माकलबारीमा जबर्जस्ती करणी गरेका थिए ।  पिडित किशोरीको उजुरीपछी उनलाईलाई प्रहरीले पक्राउ गरेको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =