ला लिगा: पुछारको टोली भालेकानोसँग रियल मड्रिड पराजित

एजेन्सी । स्पेनिस ला लिगाको पुछारको टोली रायो भालेकानोसँग रियल मड्रिड पराजित भएको छ । आइतबार सम्पन्न खेलमा भालेकानोले रियललाई १-० गोलले पराजित गरेको हो । 

भालेकानोका लागि सो निर्णायक गोल खेलको २३ औं मिनेटमा एड्रियन इमबार्बाले गरेका थिए । उनले पेनाल्टीमार्फत सो निर्णायक गोल गरेका हुन् । भिडियो एसोस्टेन्ट रेफ्री भिएआरमा जाभी गुइरामाथि जेसस भालेजोले फल गरेको पाइएपछि भालेकानोले पेनाल्टी पाएको थियो ।सन् २००४ यता लिगमा रियल पुछारको टोलीसँग पहिलो पटक हारेको हो । जारी लिगमा रियल तेश्रो स्थानमा रहेको छ । उसले जारी लिगमा ३५ खेलबाट ६५ अंक जोडेको छ । जारी सिजनमा रियलको यो १० औं हार हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =