कुवेतले नेपाललाई दियो १४२ रनको लक्ष्य (LIVE)

काठमाडौं, ११ साउन । आइसिसी टी २० विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगितामा कुवेतले नेपाललाई १४२ रनको लक्ष्य दिएको छ । सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन बनाउन सफल भयो ।कुवेतका लागि कप्तान मोहमद कासिफले ४९ रन जोड । अन्तिम २ ओभरमा आक्रामक रुपमा प्रस्तुत भएका कासिफले ३६ बलमा २ चौका र ४ छक्का प्रहार गरे । अडनास एड्रिसले २५ रन जोड्दा मोहमद अस्लामले २३ रनको योगदान दिए ।बलिङमा नेपालका स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीले ३(३ विकेट लिए । सन्दीपले ४ ओभरमा २१ रन र बसन्तले २० रन दिए । करण केसीले २ विकेट र अभिनास बोहराले १ विकेट हात पारे । च्याम्पियन बनेर विश्व छनोटमा पुग्न नेपाललाई आजको खेल जित्नै पर्ने बाध्यता छ । आजको खेलमा विजयी भए र आइतबार सिंगापुरलाई हराए नेपाल विश्व छनोटमा पुग्नेछ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − five =