रणवीर सिंह र दीपिका पादुकोणको यस्तो गेटअप

फागुन ७, काठमाडौँ । क्रिकेटरको कथामा आधारित फिल्म ‘८३’ मा अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको गेटअप सार्वजनिक गरिएको छ ।
क्रिकेटर कपिल देवको बायोपिकमा बनेको यस फिल्ममा नायक रणवीरले कपिल देवको भूमिका निकाएका छन् भने दीपिकाले कपिल देवको पत्नी रोमी भाटियाको भुमिका निभाएकी छिन् ।
अभिनेत्री दीपिकाले यो फिल्ममा आफ्नो छोटो तर महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् । यस चलचित्रमा आफ्नो भूमिकाको बारेमा बताउँदै दिपिकाले भनिन् , ‘भारतीय खेलकुदको इतिहासमा सबैभन्दा प्रतिष्ठित क्षणमध्येको महत्पूर्ण भूमिका मैले निर्वाह गरेकी छु । छोटो भएपनि महत्वपूर्ण भूमिका निभाउन पाउदा सम्मानित महसुस गरेकी छु । एक पतिको पेशा र व्यक्तिगत जीवनमा पत्नीको कति महत्वपूर्ण भुमिका हुन्छ भनेर मैले मेरी आमालाई नजिकबाट देखेको छु । मलाई लाग्छ, ८३ हरेक महिलामा समर्पित छ जसले पतिको सपनालाई आफ्नो सपना भन्दा अगाडी राखेका छन् ।’

उनले, खेलकुदको कथामा बनेको एउटा अविस्मरणिय फिल्मकाे रुपमा ‘८३’लाई उल्लेख गरेकी छिन् ।
फिल्ममा रणवीर र दीपिकाको अलवा ताहिर राज भसीन, साकिब सलीम, जतिन सरना, चिराग पाटिल, हार्डी संधू, एमी विर्क, बोमन ईरानी र पंकज त्रिपाठी लगायत कलाकारको भूमिका रहेको छ ।
तीन भाषामा प्रदर्शन हुने यस फिल्मलाई कविर खानले निदेर्शन गरेका हुन् । फिल्म हिन्दी, तमिल र तेलेगु भाषामा प्रदर्शन हुने बताइएकाे छ । चलचित्रको प्रदर्शन मिति भने आउँदो अप्रिल १० तय गरिएको छ ।








