बिहान उठ्ने बित्तिकै अनिवार्य एक गिलास मनतातो पानी पिउनुहाेस्, यस्ताे हुनेछ फाइदै-फाइदा !

पुस १०, काठमाडौं । आयुर्वेदमा मनतातो पानीका विभिन्न फाइदा बताइएको छ । यदि तपाईँ दैनिक एक गिलास मनतातो पानी पिउनुहुन्छ भने त्यसले तपाईंको पेट त घटाउँछ नै, यसले विभिन्न स्वास्थ्य समस्यालाई पनि टाढा राख्छ ।   

जयपुरको नेशनल इन्स्टिच्युट अफ आयुर्वेदका विज्ञ डा. गोबिन्द पारिकका अनुसार दैनिक खाली पेटमा एक गिलास मनतातो पानी पिउँदा शरिरको सम्पूर्ण फोहोर बाहिर निस्कन्छ । यसले विभिन्न प्रकारका रोगको खतराबाट पनि जोगाउन सहयोग गर्दछ । यहाँ हामी तपाईंलाई दैनिक बिहान खाली पेटमा मनतातो पानी पिउँदा हुने पाँच फाइदाबारे जानकारी दिँदै छौं । 

१. दैनिक बिहान मनतातो पानी पिउँदा शरिरको फोहोर बाहिर निस्कने गर्दछ जसका कारण मृगौला सम्बन्धि रोग लाग्नबाट जोगाउँछ । 

Image result for गिलास मनतातो पानी पाउनुहोस्,

२. दैनिक बिहान मनतातो पानी पिउँदा शरिरको अतिरिक्त बोसो पग्लने गर्दछ जसका कारण तपाईंको तौल नियन्त्रणमा रहन्छ । 

३. मनतातो पानीले खानालाई राम्रोसँग पचाउन सहयोग गर्दछ । यसले पाचन प्रणालीलाई बलियो राख्छ । 

४. नियमित रुपमा खाली पेटमा मनतातो पानी पिउनुहुन्छ भने पसिनामार्फत छालाको फोहोर निस्कने गर्दछ । यसले छालाको संक्रमणलाई पनि जोगाउँछ । 

५. दैनिक मनतातो पानी पिउँदा घाँटीमा जम्मा भएको खकार निस्कने गर्दछ । यसले श्वास सम्बन्धि रोग र दम हुनबाट जोगाउँछ । 

६. यसले कब्जियत हुनबाटसमेत जोगाउँछ ।   

७. मनतातो पानीले तपाईंको छालालाई स्वस्थ राखी चाउरी पर्नबाट पनि जोगाउँछ जसका कारण तपाईं उमेर ढल्किसक्दा पनि जवान देखिनु हुनेछ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 19 =