नेपाल ट्रष्टको सबै जग्गाको श्वेतपत्र आज जारी हुँदै

फागुन १३, काठमाडौं । सरकारले नेपाल ट्रस्टको जग्गा जमिन र चल–अचल सम्पत्ति विवरणबारे मंगलबार श्वेतपत्र जारी गर्दैछ । नेपाल ट्रष्टका अध्यक्ष तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आज नेपाल ट्रस्टको सम्पत्ति विवरणबारे श्वेतपत्र सार्वजनिक गर्न लागेका हुन् ।   

यति होल्डिङ्सलाई सस्तोमा ट्रस्टको जग्गा लिजमा दिएको आरोप लागेपछि सरकारले देशभरको जग्गा जमिनबारे यथार्थ जानकारी दिन दिउँसो ३ बजे नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।   

मन्त्री पोखरेलले गोकर्ण रिसोर्टको लिज सम्झौता प्रकरणसहित नेपाल ट्रस्टको देशभर रहेको सम्पत्तिबारे सम्पूर्ण जानकारी दिने भएका हुन्। 

यसअघि नेकपा केन्द्रीय कमिटी बैठकले यसबारे श्वेतपत्र जारी गर्न निर्देशन दिएको थियो । 

प्रधानमन्त्री ओलीनिकट व्यापारिक समूह यति होल्डिङलाई लिज अवधि सकिनुअगावै २५ वर्ष गोकर्ण रिसोर्ट जिम्मा लगाएपछि ट्रस्टबारे प्रश्न उठिरहेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =