आइरन चक्की खाँदा दुई विद्यार्थीको मृत्यु, सयभन्दा बढी बिरामी

मुम्बई, साउन २५ । मुम्बईको एक स्कुलमा आइरन चक्की खाँदा दुई विद्यार्थीको मृत्यु भएको छ भने सय भन्दा बढी बिरामी परेका छन् ।

भारतको मुम्बईस्थित गोवडीमा रहेको एक स्कुलमा आइरनको औषधिका कारण दुई विद्यार्थीको मृत्यु भएको हो । बिरामी भएकामध्ये पाँच अझै बेहोस भएकाले मर्नेको संख्या बढ्ने भारतीय समाचार माध्यमले जनाएका छन् ।

स्कुलमा दिउँसोको खान खाएपछि विद्यार्थीले आइरनको औषधि खाएका थिए । औषधि खानसाथ उनीहरुले उल्टी गर्न थालेकाले उनीहरुलाई राजवाडी अस्पतालमा भर्ना गरिएको थियो ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + three =