युनिफाइट भर्सिटी फुटसल कपको उपाधि इलाइटलाई

 

असार १५, ललितपुर । प्रथम ललितपुर ४ युनिफाइट भर्सिटी फुटसल कपको उपाधि इलाइट स्पोर्ट्सले जितेको छ । 

धोविघाट फुटसलमा शनिबार भएको फाइनल खेलमा ढुकु फुटसललाई १–० ले पराजित गर्दै इलाइट स्पोर्ट्सले उपाधि जितेको हो । 

null

उपाधिसँगै इलाइटले ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त ग¥यो । उपविजेतामा सिमित भएपछि ढुकू ३० हजार रुपैयाँमा चित्त बुुझाउन बाध्य भयो । 

प्रतियोगिताको उत्कृष्ट प्लेयर इलाइटका सन्दीप कार्की र गोलरक्षक ढुकूका नेत्र श्रेष्ठ भए । 

प्रतियोगिताका विजेता क्ल्ब तथा खेलाडीलाई उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष खुसकुमार जोशीले पुरस्कार प्रदान गरे । 

प्रथम ललितपुर ४ युनिफाइट भरसिटी फुटबल क्ल्बले आयोजना गरेको प्रतियोगितामा उपत्यकाका ३२ टोलीको सहभागीता रहेको क्लबका सचिव किशोर केसीले जानकारी दिए । 

लिगकम नकआउटको आधारमा गरिएको प्रतियोगिता एकसाता पहिले सुरु भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 3 =