प्रिमियर लिग: टोटनहमलाई पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लियो

एजेन्सी । लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा लिभरपुलले टोटनहमलाई २-१ गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । 

रोबर्टो फिर्मिन्होको गोलमा लिभरपुल लिगमा पुनः शीर्ष स्थानमा फर्किएको हो । लिभरपुलको घरेलु मैदानमा भएको खेलको १६ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । 

 

null

पहिलो हाफ १-० ले सकिएको खेलमा खेलको ७० औं मिनेटमा टोटनहमका लुकास मौराले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा टोटेनहमका खेलाडीले आत्मघाती गोल गरेपछि लिभरपुलले जित निकाल्न सफल भएको हो । 

जितसँगै लिभरपुलले ३२ खेलबाट ७९ अंक जोडेको छ । एक खेल कम खेलेको सिटीको ७७ अंक छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − thirteen =