सुखडमा अन्तराष्ट्रिय स्वयमसेवक तथा विश्व माटो दिवस मनाईयो

मसिंर २०, सुखड। कैलालीको घोडाघोडीकामा पनि अन्तराष्ट्यि स्वयमसेवक तथा विश्व माटो दिवस एक कार्यक्रमका बिच मनाईको छ ।
घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपालको आयोजनामा अन्तराष्ट्यि स्वयमसेवक तथा विश्व माटो दिवस मनाईएको हो । घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपालका अध्यक्ष दिपेन्द्र बहादुर शाहीको सभापत्तिमा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापा रहेका थिए । बिशिष्ट अतिथिमा डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख दिपक ज्ञावली रहनु भएका थिए ।
त्यसै गरी अतिथिहरुमाःघोडाघोडी नगरपालिकाका निमित्त प्रशासकिय प्रमुख बसन्त बहादुर बोहरा, घोडाघोडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मन राज शाही र सुखड दरख खानेपानी तथा सरसफाई समितिका अध्यक्ष निरज कुमार मल्ल लगायतको सहभागीता रहेको थियो ।
null
कार्यक्रममा बोल्ने अधिकाँशहरुले माटो परीक्षण नगरिकन जथाभावी प्राङ्गरिक मलको प्रयोग गरेको जसले गर्दा दिन–दिनै माटोको उर्वरा शक्तिमा ह्रास आएको बोल्ने वक्ताहरुको भनाई थियो । माटो प्रदूषणको समाधान बनौँ भन्ने नारासाथ पाँचौँ विश्व माटो दिवस मनाइएको हो ।
स्वस्थ माटोको महत्वलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापनप्रति चेतना फैलाउने उद्देश्यले हरेक वर्षको डिसेम्बर ५ मा संयुक्त राष्ट्रसङ्घको आह्वानमा खाद्य तथा कृषि संस्थाले विश्व माटो दिवस मनाइने गरेको छ । संस्थाका उपाध्यक्ष राम आचार्यको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको संचालन संस्थाका सचिब हेम बहादुर बमले गरेका थिए ।








