पिपिएल : काठमाडौं गोल्डेनद्वारा पोखरा पल्टनलाई १ सय १६ रनको लक्ष्य प्रस्तुत
२०७६ मंसिर २९ गते

मंसिर २९, पोखरा । दोस्रो सिजनको पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटको पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सले पोखरा पल्टनलाई १ सय १६ रनको लक्ष्य दिएको छ।
टस हारेर व्यटिङको निम्तो पाएको काठमाडौं गोल्डेनले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय १५ रन बनाएको हो।
ओपनिङमा आएका जयकिशन कोल्सावालाले ६ रन बनाएर आउट भए भने, सुवास खकुरेल एक चौकामा आउट भएका थिए ।
null
कप्तान ज्ञानेन्द्र मल्लले पनि राम्रो पर्दशन गर्न सकेनन् । उनले ५ बलमा १ रन बनाएर आउट भए भने गौरव तमोरले ७ बलमा १३ रन बनाए ।
पोखराका ललित राजबंशी, कुशल मल्ल र रसिद खानले दुई–दुई साथै प्रथमेस डाके र सर्वजित लड्डाले एक–एक विकेट लिए।
२०७६ मंसिर २९ गते
प्रतिक्रिया
सम्बन्धित








