पिपिएल : काठमाडौं गोल्डेनद्वारा पोखरा पल्टनलाई १ सय १६ रनको लक्ष्य प्रस्तुत

मंसिर २९, पोखरा । दोस्रो सिजनको पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटको पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सले पोखरा पल्टनलाई १ सय १६ रनको लक्ष्य दिएको छ।   

टस हारेर व्यटिङको निम्तो पाएको काठमाडौं गोल्डेनले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय १५ रन बनाएको हो।   

ओपनिङमा आएका जयकिशन कोल्सावालाले ६ रन बनाएर आउट भए भने,  सुवास खकुरेल एक चौकामा आउट भएका थिए ।   

null

कप्तान ज्ञानेन्द्र मल्लले पनि राम्रो पर्दशन गर्न सकेनन् । उनले ५ बलमा १ रन बनाएर आउट भए भने गौरव तमोरले ७ बलमा १३ रन बनाए ।   

पोखराका ललित राजबंशी, कुशल मल्ल र रसिद खानले दुई–दुई साथै प्रथमेस डाके र सर्वजित लड्डाले एक–एक विकेट लिए।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fifteen =