एल.आई.सी. नेपालको ‘धनवृष्टि’ योजना शुरु

 

बैशाख २, काठमाडाैँ ।  “जीवन बीमाको साथमा, धनवृष्टि ३–३ वर्षमा” भन्ने सन्देशकासाथ एल.आई.सी. नेपालले ‘धनवृष्टि’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । नयाँ वर्ष २०७६ को अवसर पारेर कम्पनीले आयोजना गरेको एक समारोहबीच उक्त ‘धनवृष्टि’ योजनाको सार्वजनिक अनावरण बीमा समितिका अध्यक्ष चिरजीवी चापागाँईंले गरे ।  

१३ देखी ६० बर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम रु. १ लाख कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिन्छ । यस योजनामा बीमा अवधी १० वा १५ बर्षको हुनेछ । १० वर्षे अवधिको बीमा लिंदा हरेक ३ वर्षमा बीमाङ्कको ३३∞ रकम फिर्ता हुन्छ भने १५ वर्षे अवधिमा हरेक ३ वर्षमा बीमाङ्कको १५∞ रकम फिर्ता हुँदै जान्छ । 

null

बीमा परिपक्वतामा अन्तिम फिर्ता हुने रकमको साथमा बीमा अवधिमा आर्जित बोनस रकम एकसाथ प्रदान गरिन्छ । यदि बीमा अवधिमा बीमितको निधन भएमा बीचमा धन फिर्ता गरिएको रकम कट्टा नगरी पुरै बीमाङ्क रकमकोसाथ आर्जित बोनस रकम इच्छाइएको व्यक्तिलाई प्रदान गरिन्छ । न्युन बीमाशुल्क कायम गरिएको यो ‘धनवृष्टि’ योजनामा अधिकतम् रु. ७५ लाखसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभसमेत उपलब्ध छन् । २ वर्षको बीमाशुल्क भुक्तानीपश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सक्नेछन् । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एल.पी. दासले बीमितले यस बीमा योजनामार्फत विविध क्षेत्रका पेशाकर्मी तथा व्यवसायीहरु जसले जीवन बीमाको साथमा आफ्नो रकममा सजिलो तरलता चाहन्छन् उनीहरुको लागि ‘धनवृष्टि’ योजना अतिउत्तम हुने बताउनु भयो । कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले नयाँ बीमा योजनाको बारेमा प्रकाश पार्नु भयो । 

उहाँले ‘धनवृष्टि’ योजनामा बीमितले ३–३ वर्षमा नै आफुले लगानी गरेको बीमाशुल्कको ठुलो हिस्सा फिर्ता प्राप्त गर्ने हुँदा आफ्नो लगानी रकम आफैसँग रहने र साथमा एलआईसी नेपालको जीवन बीमा पनि पाइने भएकोले ग्राहकहरुलाई यो ‘धनवृष्टि’  लिन आग्रह गरे । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + sixteen =