इंग्लि‍स प्रिमियर लिगः ब्राइटनद्वारा एभर्टन ३–२ गोल अन्तरले पराजित

कात्तिक १०, एजेन्सी । इंग्लि‍स प्रिमियर लिग फुटबलमा  एभर्टनलाई ब्राइटनले ३ –२ गोल अन्तरले पराजित गरेको छ । 

शनिबार राति भएको खेलको इन्जुरी समयमा एभर्टनका लुकास डिग्नेले आत्मघाती गोल गरेपछि ब्राइटनले ३ –२ गोल अन्तरले जित हात पारेको हो ।   

जितसँगै १० खेलबाट १२ अंक जोडेको ब्राइटन लिगको १२ औँ स्थानमा रहेको छ । १० खेलमा १० अंक जोडेर एभर्टन १६ औँ स्थानमा रहेको छ । 

null

यस्तै, अर्को खेलमा वेष्टह्यामले शेफिल्ड युनाइटेडसँग १–१ गोलको बराबरी खेलेको छ । वाट्फोर्डले भने एफसी बर्नमाउथसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + three =