इंग्लिस प्रिमियर लिगः ब्राइटनद्वारा एभर्टन ३–२ गोल अन्तरले पराजित
२०७६ कार्तिक १० गते

कात्तिक १०, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई ब्राइटनले ३ –२ गोल अन्तरले पराजित गरेको छ ।
शनिबार राति भएको खेलको इन्जुरी समयमा एभर्टनका लुकास डिग्नेले आत्मघाती गोल गरेपछि ब्राइटनले ३ –२ गोल अन्तरले जित हात पारेको हो ।
जितसँगै १० खेलबाट १२ अंक जोडेको ब्राइटन लिगको १२ औँ स्थानमा रहेको छ । १० खेलमा १० अंक जोडेर एभर्टन १६ औँ स्थानमा रहेको छ ।
null
यस्तै, अर्को खेलमा वेष्टह्यामले शेफिल्ड युनाइटेडसँग १–१ गोलको बराबरी खेलेको छ । वाट्फोर्डले भने एफसी बर्नमाउथसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।
२०७६ कार्तिक १० गते
प्रतिक्रिया
सम्बन्धित








