चित्रसेन वनमा मचान उद्घाटन, पहिलो पाहुना पूर्वअर्थमन्त्री पाण्डे

माघ २७, चितवन । सौराहाकै सामिप्यतामा रहेको चित्रसेन मध्यवर्ती सामुदायिक वन भित्र निर्माण काठे मचान निर्माण गरिएको छ । आम्दानी वढाउन वनको आमसोती डाँडामा करिव ३५ लाख रुपैया खर्च गरेर मचान निर्माण गरिएको वनका अध्यक्ष पुष्पराज श्रेष्ठले जानकारी दिए ।
१५ जना अट्ने क्षमता भएको मचानमा ५ वटा एटेज कोठा रहेका छन् । एक कोठामा ३ जना सुत्न मिल्छ । प्रति कोठा ४ हजार रुपैया पर्यटकले शुल्क तिर्नु पर्ने छ । मचानमा प्याकिङ खानेकुरा मात्रै लैजान पाउने अध्यक्ष श्रेष्ठले बताए । वत्ती वल्ने, पंखा चल्ने, पानीको मोटर चलाउन सक्ने सोलार जडान गरिएको वनका कार्यालय सचिव कृष्ण आचार्यले बताए । मचानको सोमवार एक कार्यक्रमका बीच पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गरे ।
सो अवसरमा पूर्वअर्थमन्त्री पाण्डेले प्रतिष्ठित र धनाढ्य व्यक्तिहरुलाई यहाँ ल्याएर राख्न सके प्रचार प्रसार हुने र चहलपहल वढ्ने विश्वास व्यक्त गरे । मचानको उद्घाटनसँगै त्यहाँ रात बिताउने पहिलो पाहुना पूर्वअर्थमन्त्री पाण्डेनै बनेका छन् ।
null
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले सौराहापछि दोश्रो पहिचान मचान वन्ने बताए । उद्घाटन कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका निवर्तमान अध्यक्ष वासु ढुंगाना, वनका सचिव रिता थापा, सदस्य शिव प्रसाद आचार्यले मन्तव्य राखेका थिए ।








