अन्तर्राष्ट्रिय भलिबलमा आज सेमिफाइनलका खेल हुने

 

चैत २७, चितवन । चितवनको रत्ननगरमा जारी अन्र्तराष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगितामा सेमीफाइनलको समीकरण पुरा भएको छ । 

बुधबार भएको नेपाल आर्मी र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेलसँगै प्रतियोगिताको सेमीफाइनल समीकरण पुरा भएको हो । नेपाल आर्मीले एपीएफलाई २५–१८, २५–२३ र २५–२० को सोझो सेटमा पराजित गरेको हो । 

null

जितसँगै आर्मी समूह ‘बी’ को विजेता तथा भारतको रेल्वे स्टेशन उपविजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको प्रतियोगिताका संयोजक बरुणबाबु घिमिरेले जानकारी दिए । समुह ‘ए’ बाट नेपाल प्रहरी विजेता तथा बंगलादेशको टाईटस क्लब उपविजेता बन्दै मंगलबार नै सेमीफाइनलमा प्रवेश गरिसकेको थियो । 

यी दुवै सेमीफाईनलको खेल बुधबार नै हुनेछ । पहिलो सेमीफाईनलमा नेपाल पुलिस क्लब र भारतको रेल्वे स्टेशन तथा दोश्रो सेमीफाईनलमा नेपाल आर्मी र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । पञ्चरत्न युवा क्लबको आयोजनामा वैरिया माध्यमिक विद्यालयको चौरमा प्रतियोगिता सञ्चालन भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − seven =