ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश, पाराग्वे टाइब्रेकरमा पराजित

एजेन्सी । ब्राजिल कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ । गोलरक्षक एलिसन बेकरले टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेपछि ब्राजिल सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै तर्फबाट गोल नहुँदा खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ब्राजिल ४-३ ले विजयी भयो । पाराग्वेका लागि पहिलो पेनाल्टी लिएका गरेका गुस्ताभो गोमेजको प्रहारलाई ब्राजिलका गोलरक्षक एलिसन बेकरले उत्कृष्ट बचाउ गर्दै ब्राजिललाई राम्रो सुरुवात दिलाएका थिए । 

 

ब्राजिलका लागि विलियनले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । पाराग्वेका लागि मिगुएल अल्मिरोनले दोस्रो प्रहार गोल गर्दा मार्किन्होसले पनि गोल गर्दै ब्राजिलको अग्रता कायम राखे । त्यसपछि पाराग्वेका ब्रुनो भाल्डेज र ब्राजिलका फिलिपे कोउटिन्होले पनि गोल गरे । पाराग्वेका लागि चौथो प्रहार गरेका रोड्रीगो रोजास सफल हुँदा ब्राजिलका रोबर्टो फिर्मिनोको प्रहार बाहिरिएको थियो । 

null

टाइब्रेकर बराबरीमा आएपछि पाराग्वेका लागि पाँचौ प्रहार गरेका डेर्लिस गोन्जालेजको प्रहार बाहिरियो । त्यसपछि ग्याब्रीएल जेससले पेनाल्टीलाई गोलमा परिणत गर्दै ब्राजिलको जित पक्का गरे । त्यसअघि निर्धारित समयमा ब्राजिलले खेलको सुरुवाती समयमा पाराग्वेको गोलरक्षकलाई परिक्षण गरेपनि अग्रता लिन सकेन । थप गरिएको ७ मिनेट इन्ज्युरी समयमा ब्राजिलले पाएको दुई अवसर सदुपयोग गर्न नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । ब्राजिलले अब सेमिफाइनलमा अर्जेन्टिना र भेनेजुएलाको खेलको विजेतासँग खेल्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 2 =