सत्तारुढ नेकपा र विपक्षी दल कांग्रेस पार्टीभित्र अन्तरविरोध

काठमाडौं, २७ चैत । एनसेल लाभकरबारे सर्वोच्चले गरेको फैसला र सरकारी चिकित्सकको आन्दोलन आजका अधिकांश दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । त्यस्तै, सत्ता र विपक्षी दलभित्रको विवाद, गैरसरकारी संस्थाभित्रका बेथितिलाई पनि आजका पत्रिकाहरुले उठाएका छन् ।
कान्तिपुरले सरकारी चिकित्सकको आन्दोलनपछि विकसित घटनाक्रमबारे मुख्य समाचार बनाएको छ । चिकित्सकले आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि बिरामी प्रभावित हुँदै आएका छन् । त्यस्तै, तीन महिनाभित्रै एनसेलबाट कर असुली गर्न सर्वोच्चले गरेको फैसलालाई पनि कान्तिपुरले प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेको छ ।
null
अन्नपूर्ण पोस्ट दैनिकले सत्तारुढ नेकपा र विपक्षी दल कांग्रेस पार्टीभित्रको अन्तरविरोधबारे केलाएको छ । नेकपाको नेतापिच्छेको गुट र कांग्रेसको भागबन्डाले पार्टी अलपत्र बनेको अन्नपूर्ण समाचारको सार छ ।
नागरिकले ललितनिवास जग्गा हिनामिनामा ठूलाबडाकै संलग्नता औंल्याएको छ । नागरिक लेख्छ– मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितनिवास परिसरमा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलको पनि जग्गा रहेको खुलेको छ । व्यापारी तथा भूमाफियामार्फत महामसचिव पौडेलले ललितनिवास परिसरमा ८ आना जग्गा खरिद गरेको पाइएको समाचारमा उल्लेख छ ।








