भारतीय नक्साविरुद्ध प्रदर्शनमा उत्रेका विप्लव समूहको चार पक्राउ

कार्तिक २४, काठमाडौँ ।  भारतले हालसालै सार्वजनिक गरेको नयाँ राजनितिक नक्साको बिरोध जनाउँदै प्रदर्शनमा उत्रेका प्रतिवन्धित नेकपा निकटका चार  विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।   

लिपुलेकसहितको नेपाली भूभाग भारतले अतिक्रमण गरी आफ्नो सिमामा पारेपछी त्यसको बिरोध जनाउँदै माइतीघरमा प्रदर्शनमा उत्रेका ती विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारी भारतको पछिल्लो कदमका विरुद्ध माइतीघरमा प्रदर्शन गरेको हो । 

Image result for विप्लव

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतीय सिमामा पारेपछी  नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालको भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आइरहेका छन् 

यसरी नेपाली भूभागलाई भारतले आफ्नो बनाउन खोजेपछी हाल यसको देशभर  बिरोध भईरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *