उमेर नपुग्दै कपाल फुल्छ भने यसो गर्नुहोस

 

साउन ९ । आजभोली कम उमेरमै कपाल फुल्ने समस्या देखी धेरै व्यक्ति ग्रसित छन् । विशष गरी उमेर नपुगेका युवा युवती बढी छन् । उमेर नपुगी नै कपाल फुल्दा उनीहरुको लागि यो चिन्ताको विषय बनेको छ । 

कपाल फुल्दा मानिसलाई बुढो देखिने वा आफूलाई बुढौली महसुज हुने भएकोले यो सबैको चिन्ताको बिषय पनि बनेको छ । उमेर नपुग्दै कपाल फुल्ने समस्या देखिएमा अधिकांशले कस्मेटिक प्रसाधनका सामान प्रयोग गरी कपालमा बिभिन्न कलर गर्ने गर्दछ ।  

null

तर हामीले केही समयको लागि कपाल फुल्ने समस्याबाट राहत पाए पनि यसमा बिभिन्न केमिकल मिसाईने भएको हुनाले पछी यसको नकरात्मक असरहरु देखा पर्न सक्छ । आज हामी तपाईलाई घरेलु उपायबाट कसरी कपाल फुल्ने समस्याबाट छुटकारा हुन्छ त्यो बताउँने छौँ । 

प्याजको रसप्याजको रस पनि कपाल फुल्ने समस्याबाट छुटकारा दिने महत्वपूर्ण बस्तु हो । कपाल झर्न, र तालुखुइले हुनबाट रोक्न मद्दत गर्छ । प्याज र कागतीको रस मिलाउनुस् । आफ्नो कपाल र टाउकोमा मालिस गर्नुस् । ३० मिनेटपछि धुनुस् । प्याजको रस चिसो हुन्छ त्यसकारण यसको प्रयोग गर्मी मौसममा गर्दा ठिक हुन्छ । 

बदामको तेलबदामको तेल, कागतीको रस र अमलाको रसलाई बराबर मात्रामा मिलाउनुस् । कपाल फुल्ने तथा सेता रौ भएकाहरुको समस्याको उपचार गर्नका लागि यो मिश्रण तेलले आफ्नो कपाललाई मालिस गर्नुस् यसले तपाईको कपाल विस्तारै विस्तारै कालो चमकदार हुनेछ। 

अमलाकपाल फुल्ने समस्याको उपचारका लागि अमला एक उत्तम उपाय हो । नरिवलको तेलमा सुकेको अमलाका केही टुक्रा मिसाएर उमाल्नुस् । र तेल चिसिएपछि त्यसलाई आफ्नो कपाल र टाउको लगाउनुस् । तेलले मालिस गर्नुस्, र कपाल धुनुभन्दा पहिला एक घण्टा अथवा रातभरी छोडिदिनुस् । यो प्रक्रियामा हप्तामा एक पटक वा दुईपटकसम्म गर्नुस् । 

भृंगराजलौकाको तेल अथवा भृंगराज ९ एक प्रकारको जडीबुटी०को तेल सेतो कपालको उपचारका अर्को उत्तम उपाय हो । 

तिलको तेलतिलको तेल कपाल फुल्ने समस्याबाट छुटकारा दिने सबैभन्दा प्रभावकारी उपचार हो । हरेक दिन एक चम्चा कालो तिलको बिउलाई कम्पतिमा पनि तीन महिनासम्म सेवन गर्नुस् । आफ्नो कपालमा तिलको तेलले मालिस गर्नुस् । 

लौकाको रसमा जैतुनको तेल वा तिलको तेललौकाको रसमा जैतुनको तेल वा तिलको तेल मिसाएर आफ्नो टाउको र कपालमा मालिस गर्नुस् । चौलाई (एक प्रकारको हरियो सब्ज) को ताजा रसले कपालको प्राकृतिक रंग बनाउने, कपाल झर्न रोक्ने र कपाल फुल्न रोक्नेमा मद्दत गर्छ । 

कागतीकागतीको रस मिसाएर नरिवलको तेलले आफ्नो कपाल र टाउकोमा मालिस गर्नुस् । टाउको तेल लगाएको करिब एक घण्टापछि आफ्नो कपाललाई धुनुस् । नरिवलको तेलले फुलेको कपाल रोक्न मद्दत गर्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =