महिला फुटबलको उपाधि प्रिन्ट मिडियाकाे पाेल्टामा

काठमाडौँ, साउन १३ । नेपाल पत्रकार महासंघ महिला विभागले शनिवार द महिला फुटबल प्रतियोगिताको आयोजना गर्यो । जसको उपाधि प्रिन्ट मिडियाले हात पारेको छ ।

‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरीएको हो । सातदोबाटोस्थित एन्फा मैदानमा भएको प्रतियोगितामा अनलाइन मिडियालाई २–१ गोलले पराजित गर्दै प्रिन्ट मिडियाले उपाधि हात पारेको हो । खेल जारी रहेकै बेला रातपरेपछि खेल बीचमै रोकेर पेनाल्टीमार्फत विजेता घोषित गरिएको थियो ।

विजेता टोली प्रिन्टका लागि पून्यवती ढकाल र भाषा शर्माले गोल गरेका थिए भने अनलाइनका तर्फबाट मुना कार्कीले मात्र गोल गर्न सकिन्, अन्य खेलाडीले हानेको पेनाल्टीले गोलपोष्टको दिशा लिन सकेन ।

प्रतियोगितामा रेडियो र टेलिभिजनले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त गरे । निर्धारित २० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि दुवै टोलीलाई तेस्रो भएको घोषणा गरिएको थियो ।

विजेता टोली रेडियोलाई १–० गोलले र उपविजेता अनलाइन टोली टेलिभिजनलाई २–१ ले पराजित गरी फाइनलमा पुगेका थिए । विजेता तथा उपविजेता टोलीलाई नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाललगायतले ट्रफी प्रदान गरे ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले खेलकुद क्षेत्रका समस्याबारे पत्रकारहरुले आ–आफ्नो मिडियाबाट खबरदारी गर्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 9 =