च्याम्पियन्स लिग टोलीमा फर्किए मेस्सी

एजेन्सी – सेभिल्ला विरुद्धको खेलमा नायक बनेका लियोनल मेस्सी हातमा चोट बोकेयता मैदान बाहिर छन्। तर मंगलबार हुने च्याम्पियन्स लिगको खेलका लागि प्रशिक्षक एर्नेस्टो भाल्भार्देले मेस्सीलाई टोलीमा समावेश गरेका छन्।  

मंगलबार मिलानसँग हुने खेलका लागि बार्सिलोना टोलीमा अर्जेन्टिनाका फरवार्ड मेस्सीले स्थान पाएका छन्। 

चोटपछि कम्तीमा तीन साता गुमाउने भनिएपनि मेस्सी सोचे भन्दा अगावै प्रशिक्षणमा फर्किएका थिए। प्रशिक्षणमा फर्किएपनि मंगलबारहुने खेलमा टोलीमा फर्किने भने अपेक्षा कमैले गरेका थिए।  

null

 

मेस्सीलाई प्रशिक्षकले टोलीमा समावेश गरेपनि मैदानमा मौका नदिने सम्भावना भने अझै बलियो छ। शुक्रबार भएको पोस्ट म्याच कन्फरेन्समा भाल्भार्देले मेस्सीलाई खेलाउनु जोखिमपूर्ण हुने भनेपनि खेलाउन सक्ने सम्भावना रहेको बताएका थिए। 

मेस्सीले  रियलसँगको एलक्लासिको गुमाएपनि बार्सिलोनाले रियलविरुद्ध ५-१ को शानदार जित हासिल गरेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *