पीएसजीले आज मोनाकोसँग प्रतिस्पर्धा गर्दै, नेइमार खेलमा फर्कदै

एजेन्सी । खुट्टाको चोटका कारण तीन महिनादेखि विश्राममा रहेका पेरिस सेन्ट जर्मन पीएसजीका स्टार नेइमार आज रातिदेखि खेलमा फर्कने भएका छन् । फ्रेन्च लिग वानमा पीएसजीले आज मोनाकोसँग प्रतिस्पर्धा गर्दैछ । 

गम्भीर चोटका कारण उपचारसहित लामो विश्राममा रहेका नेइमार एकसाता अघि नै टोलीको प्रशिक्षामा फर्किएका थिए । सामान्य प्रशिक्षण गरिरहेका नेइमारलाई प्रशिक्षक थोमस टुचेलले पुनरागमन गराउन लागेका हुन् । 

 

null

‘नेइमारले टोलीसँग प्रशिक्षण गरिरहेका छन् । हमीले उनले खेल्न सक्ने र नसक्ने विचार गरिरहेका थियौं । उनी अहिले पूर्ण रुपमा फिट भएका छन् । उनी स्वयं खेल्न सक्नेमा विस्वस्त देखिएका छन् । मोनाकोविरुद्ध नेमारले पुनरागमन गर्नेछन,’ प्रशिक्षक थोमसले भने । 

नेइमार गत जनवरी महिनामा कोपा डेल रे अन्तर्गत स्टार्सबर्गविरुद्धको खेलमा घाइते भएका थिए । त्यसगता उनी चिकित्सकको विशेष निगरानीमा थिए । चोट बोक्नुअघि नेइमारले लिग वानमा १३ गोल गरेका थिए । 

लिगको उपाधि मुखमा रहेको पीएसजीले पछिल्ला खेलमा लगातार हार खेप्दा उपाधि दौड लम्बिएको छ । यदि मोनाकोविरुद्ध आज राती जित हात पारे पीएसजी लिग च्याम्पियन बन्ने निश्चित छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =