मलेसियालाई ७ विकेटले हराउँदै नेपाल फाइनलमा

 

असार २३, काठमाडौं । आयोजक मलेसियालाई हराउँदै नेपाल जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनलमा मलेसियालाई ७ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । 

क्वालालम्पुरस्थित किनरारा ओभलमा मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १५ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । 

null

नेपालका लागि भिम सार्कीले अविजित रहदै ३३ रन बनाए । यस्तै कप्तान रोहित कुमार पौडेलले अविजित ३१ रन जोडे । यस्तै पवन सर्राफले १८ रन जोड्दा रित गौतम ३ तथा खड्क बोहोरा सुन्य रनमा आउट भए । 

मलेसियाका हैकल मोहमद खेरले २ तथा मुहमद आमीरले १ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४० ओभर ५ बलमा अलआउट हुँदै मात्र ८७ रन बनायो । 

मलेसियाका मुहमद आमिरले सर्वाधिक २४ रन बनाए । यस्तै हैकल मोहमद खेरले १२, वान अमिरुलले ११ तथा अहमेद अकमल अलिफले १० रन बनाए । 

नेपालका सागर ढकालले ३ तथा कुशल मल्लले २ विकेट लिए । 

समूह चरणमा अपराजित रहँदै समूह विजेता बनेको नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो भने दोस्रो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । समूह ए मा रहेको नेपालले २ खेलमा ४ अंक जोडेको थियो । 

फाइनल खेल मंगलबार हुनेछ । साबिकको विजेता समेत रहेको नेपालले अब फाइनलमा सिंगापुर र हङकङबीचको विजेतासँग खेल्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − nineteen =