औवामियाङले ह्याट्रिक गरेपछि आर्सनल युरोपा लिगको फाइनलमा प्रवेश

एजेन्सी । युरोपा लिगको फाइनल फाइनलमा इंग्लिस क्लब आर्सनल प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियामाथि ४–२ को सहज जित निकाल्दै उपाधि नजिक पुगेको हो । आर्सनल समग्रमा ७-३ ले अघि बढेको हो । पहिलो लेगमा आर्सनल ३–१ ले विजयी भएको थियो ।
स्पेनमा भएको खेलमा आसर्नललाई सहज जित दिलाउन पिएरे एमरिक औवामियाङले ह्याट्रिक तथा एलेसान्द्रे लाकाजेटले एक गोल गरेका थिए । घरेलु टोलीका लागि दुवै गोल केभिन गेमेरोले गरेका थिए । खेलको ११ औं मिनेटमा केभिन गेमेरोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । १७ औं मिनेटमा आर्सनलका पिएरे एमरिकले बराबरी गोल फर्काउदा पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । ५० औंछ मिनेटमा लाकाजेटले गोल गर्दै आर्सनललाई २–१ ले अघि बढाए ।
null
खेलको ५८ औं मिनेटमा गेमेरोले पुनः गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ६९ औं मिनेटा पिएरेले गोल गर्दै खेललाई ३–२ को अवस्थामा पुर्याएका थिए । ८८ औं मिनेटमा पिएरेले ह्याट्रिक पुरा गर्दै आर्सनललाई ४–२ को सहज जित दिलाए । अब आर्सनलले उपाधिका लागि अर्को इंग्लिस टोली चेल्सीको सामाना गर्नेछ । चेल्सीले फ्रान्कफर्टलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । फाइनल खेल अजरवैजानको बाकु स्टेडियममा मे २९ मा हुनेछ ।








