फिल्मफेयर अवार्ड नपाएपछि यी गीतकारले गरे सबै अवार्ड शोलाई बहिष्कार

फागुन ५, काठमाडौँ । ६५ औं फिल्मफेयर अवार्डमा आफ्नो गीतले अवार्ड नपाएपछी एक गीतकारले सबै अवार्ड शोलाई बहिष्कार गरेको घोषणा गरेका छन् । 

भारतको गुवाहाटीमा भएको यस अवार्ड शोमा  ‘तेरी मिट्टी…’ गीतले अवार्ड नपाएपछी गीतकार मनोज मुंतशिरले सामाजिक संजाल मार्फत सबै अवार्ड शोलाई बहिष्कार गरेको घोषणा गरेका हुन् ।   

उक्त अवार्ड शोमा फिल्म गली बोयको गीत ‘अपना टाइम आएगा’ ले फिल्मफेयर अवार्ड पाएको थियो । 

आफूले लेखेको गीतले  अवार्ड नपाएपछी  गीतकार मुंतशिरले सामाजिक संजाल ईन्स्टाग्राममा लेखेका छन्,   

‘डियर अवार्डस्, 

मैले जीवनभरी कोसिस गर्दा पनि ‘तू कहती थी तेरा चान्द हुँ मे और चान्द हमेशा रहता हे’ भन्दा उत्कृष्ट लाइन लेख्न सक्दिनँ । तपाईं ती शब्दलाई सम्मान दिन असमर्थ प्रमाणित हुनुभयो जसले करोडौं भारतीयलाई रुवायो र आफ्नो मातृभूमिबारे चिन्ता गरे । त्यसकारण आज म तपाईंलाई अलविदा भन्दैछु । आफ्नो अन्तिम साससम्म पनि कुनै अवार्ड शोमा नजाने यसैमार्फत् आधिकारिक घोषणा गर्छु । अलविदा ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =