खैरहनी चेम्वर अफ कमर्समा श्रेष्ठको नेतृत्व

भदौ २८, चितवन । चितवनको खैरहनीमा चेम्वर अफ कमर्स गठन गरिएको छ । नवगठित खैरहनी चेम्वर अफ कमर्सको अध्यक्षमा प्रकाश श्रेष्ठ चयन भएका छन् । चितवन चेम्वर अफ कमर्सले श्रेष्ठलाई अध्यक्षमा मनोनित गरेपछि खैरहनीमा भएको भेलाले कार्यसमिति चयन गरिएको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा चन्द्रकुमारी चौधरी,उपाध्यक्षमा उत्तम अधिकारी,सचिवमा केशव लम्साल,कोषाध्यक्षमा रामचन्द्र कडेंल चयन भएका छन् । सन्तोष भण्डारी,अनिल श्रेष्ठ,अनन्त वर्तौला,मिना सेन्चुरी,मिलन वस्नेत र विमला नहर्की वुर्लाकोटी सदस्यमा चयन भएका छन् । गठन गठित कार्यसमितिलाई शनिवार आयोजित एक कार्यक्रमकाबीच पदस्थापन तथा प्रमाणपत्र वितरण गरिएको छ ।
नेपाल चेम्वर अफ कमर्सका केन्द्रिय अध्यक्ष एवंम् पूर्व मन्त्री डाक्टर राजेशकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । पदस्थापन अघि खैरहनी चेम्वर अफ कमर्सको कार्यालयको उद्घाटन गरिएको थियो ।

खैरहनी चेम्वर अफ कमर्सका अध्यक्ष प्रकास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा चितवन चेम्वर अफ कमर्सका अध्यक्ष दीर्घमान श्रेष्ठ,नेपाली काग्रेश खैरहनी नगर सभापति शशि कुमार खनिया,खैरहनी २ का वडाध्यक्ष टिकादत्त इटनी,खैरहनी ८ का वडाध्यक्ष टेकवहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।









