आइपिएल: चेन्नाईको लगातार जित, राजस्थान अंक विहिन

काठमाडौं, १८ चैत्र । भारतमा जारी आइपिएल टि २० क्रिकेटमा चेन्नाई सुपर किङ्सले लगातार तेस्रो जित हात पारेको छ । गए राती भएको खेलमा राजस्थान रोयल्सलाई ८ रनले पराजित गर्दै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई तालिकाको शिर्ष स्थानमा उक्लिएको हो । 

 

चेन्नाईमा घरेलु टोलीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन मात्र बनाउन सक्यो । उसका लागि बेन स्टोक्सले ४६ रन तथा राहुल त्रिपाठीले ३९ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् । 

null

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले अविजित ७५ रनको योगदान दिए । 

 

जितसंगै शीर्ष स्थानमा उक्लिएको चेन्नईले ३ खेलबाट ६ अंक जोडेको छ । राजस्थानको भने यो लगातार तेस्रो हार हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 17 =