‘कठै अख्तियार, नेकपासामु लम्पसार !’
माघ २६, काठमाडौं । नेपाल तरुण दलले माइतघर मण्डलामा प्रदर्शन गरेको छ ।
ललिता निवास जग्गा प्रकरणमा काँग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध मुद्दा दायर गरको भन्दै आज (आइतबार) दरुण दलले अख्तियारको विरोधमा माइतीघरमा प्रदर्शन गरेको हो ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतको अगुवाईमा गरिएको विरोध र्याली माइतीघर हुँदै नयाँ बानेश्वरसम्म पुगेको थियो ।
मुद्दा दायर भएसँग गच्छदार सांसद पदबाट निलम्बित भएका छन्।
गएको बुधबार ललिता निवासको जग्गा हिनामिना प्रकरणमा गच्छदारसहित १ सय ७५ जनाविरुद्ध अख्तियारमा मुद्दा दायर भएको थियो । बालुवाटारस्थित बहुमूल्य जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो ।
गच्छदारविरुद्ध अख्तियारमा मुद्दा परेपछि नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेललाई जोगाएर अख्तियारले गच्छदारलाई फसाएको काँग्रेसले आरोप लगाउँदै आएको छ ।
ललिता निवास प्रकरणको मुद्दामा पूर्वमन्त्री र पूर्व सचिवहरूबाहेक दर्जनौँ सरकारी कर्मचारी, जग्गाधनी र मोही भनिएका व्यक्ति, सरकारी जग्गा कमिसनका रूपमा बकस गरिलिने व्यक्तिहरू छन्।
मुद्दामा कुल ११० जनालाई भ्रष्टाचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।