सभामुख चयनबारे ओली-प्रचण्ड छलफलमा, होला त सहमति ?

माघ ५, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार सभामुखको टुङ्गो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ ।
बिहान नौ बजेदेखि दुई अध्यक्षबीच छलफल सुरु भएको बालुवाटार श्रोतले बतायो । सभामुख चयनबारे प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड गत शुक्रबारदेखि नै छलफलमा रहेपनि अहिलेसम्म निर्णय हुन सकेको छैन । तर दुवै दिनका छलफल सकारात्मक भएको दुवै अध्यक्षको सचिवालयले जनाएका थिए ।
सभामुख छान्न नेकपाले निर्णय गर्न ढिलाइ गरेपछि प्रतिनिधिसभा बैठक पटक पटक स्थगित हुदै आएको छ । प्रतिनिधिसभाको अर्को बैठक माघ ६ गते अर्थात् भोलिका लागि बोलाइएको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले सभामुखमा दलका उपनेता समेत रहेका सुवास नेम्वाङ र प्रचण्डले अग्नि सापकोटालाई अघि सार्दै आएका छन् ।








