आइएमई लाइफ इन्स्योरेन्स सञ्चालकमा पोख्रेल
२०७५ फागुन २४ गते

फागुन २३, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको रिक्त रहेकाे पदमा दिपक शर्मा पोख्रेल नियुक्त भएका छन् । उनी नियुक्ती हुनु भन्दा अगाडी संस्थापक शेयरधनीहरु मध्ये एक्श मनी ट्रान्सफर प्रा.लि. कम्पनीको तर्फबाट ईश्वर कुमार कार्की उक्त पदमा रहेका थिए ।
उनको राजिनामा पश्चात रिक्त रहेको उक्त सञ्चालक पदमा कम्पनीका तर्फबाट प्रतिनिधित्व गर्नका लागि दिपक शर्मा पोख्रेललाई चयन गरी कम्पनीको सञ्चालक समितिमा नियुक्त गर्नका लागि अनुरोध गरिएकोमा कम्पनीको सञ्चालक समितिको बैंठकले शर्मालाई विधिवत सञ्चालक समितिमा नियुक्त गर्ने निर्णय गरेकाे हाे ।
null
नवनियुक्त सञ्चालक समितिका सदस्य दिपक शर्मा पोख्रेललाई स्वागत गरी ईश्वर कुमार कार्कीलाई बिदाई गरिएकाे थियाे ।
२०७५ फागुन २४ गते
प्रतिक्रिया
सम्बन्धित








