युट्युबमा होइन, अब हलमा लाग्दैछ ‘छक्का पञ्जा–२’

 

चैत ३, काठमाडौँ । दीपक–दीपाको चलचित्र ‘छक्का पञ्जा–२’ फेरी रिलिज हुने भएको छ । 

बक्स अफिसमा सुपरहिट भएको चलचित्र वैशाख १३ मा पुनः रिलिज हुने भएको हो । छक्का पञ्जा २ हलमा रिलिज हुने चलचित्रका निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन् । 

null

उनले फेसबुकमा लेखेका छन्, ‘दर्शकहरूको चाहना बमोजिम छक्का पन्जा २ नेपालमा वैशाख १३ गते पुनः प्रदर्शन हुँदैछ । विदेशमा रहनु हुने दर्शकका लागि सोहि महिना हेर्ने व्यवस्था मिलाइदैछ ।’ 

 

यहि वर्षको दशैंमा ‘छक्का पन्जा ३’ फिल्म प्रर्दशनीमा आइसकेको छ । यो फिल्म पनि सुपरहिट भएकाे थियाे । छक्का पन्जा ३ ले सर्वाधिक व्यापार गर्न नेपाली फिल्मको क्रितिमान राखेको छ । 

दीपाश्री निरौलाको निर्देशनमा रहेको यस चलचित्रमा दीपक राज गिरी, प्रियंका कार्की, जितु नेपाल, स्वस्तिमा खड्का, केदार घिमिरे, वर्षा राउत लगायतका कलाकारहरूको मुख्य भूमिकामा रहेकेा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =