राजदूतमा सिफारिश तीन जनाको सुनुवाइ हुँदै, तीनै जनाविरूद्ध कुनै उजुरी छैन

काठमाडौं।  संसदीय सुनुवाइ समितिले विभिन्न देशका राजदूतमा सिफारिश भएका तीन जनाको सुनुवाइ मंगलबार गर्दैछ। 

संयुक्त राष्ट्रसंघको स्थायी नियोगका लागि सिफारिस मणिप्रसाद भट्टराई, क्यानडाका लागि सिफारिस भृगु ढुंगाना र कुवेतका लागि सिफारिस दुर्गाप्रसाद भण्डारीको सुनुवाइ बिहान ११ बजेदेखि हुन लागेको हो। समितिले मन्त्रिपरिषद्ले राजदूतमा सिफारिश गरेका उनीहरूविरूद्ध उजुरी गर्न पुस २८ गतेसम्मको समय दिएको थियो। तर तीनै जनाविरूद्ध कुनै उजुरी परेको छैन। 

यसअघि माघ ३ गते समितिले थाइल्याण्डका लागि राजदूत प्रस्तावित परराष्ट्रका सहसचिव ढकाल र फ्रान्सका लागि प्रस्तावित परराष्ट्र मन्त्रलायका शिष्टाचार महापाल अधिकारीको सुनुवाइ गरेको थियो। उनीहरू दुबै जना सर्वसम्मत रूपमा अनुमोदित भएका थिए। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eleven =