विश्व साक्षरता दिवसको अवसरमा साक्षरता कार्यक्रम संचालन

भाद्र, २३ विराटनगर। विश्व साक्षरता दिवसको अवसरमा  बिराट मेडिकल कलेज तथा शिक्षण अस्पताल र  रोटरी  आरोग्य मिसन रोटरी क्लब अफ बिराटनगर डाउन टाउनको संयुक्त आयोजनामा  विद्यार्थीलाई सरसफाई र स्वास्थ्यको विषयमा साक्षरता कार्यक्रम संचालनमा ल्याएको छ  । 

 श्री जनता बाल आधारभुत विद्यालयमा अध्ययनरत ३५० विद्यार्थीलाई सरसफाईका बरेमा प्रसिक्षण दिईएका थिए । भने रोटरी आरोग्य मिसनले सो कार्यक्रमको अवसरमा सोहि  विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई सरसफाई सामग्री, झोला साथमा  फलफुल, जुस वितरण गरेका थिए । 

 हाम्रा नानीहरुलाई कसरी स्वास्थ्य र सरसफाई राख्ने भन्ने विषयमा र साबुन पानीले कसरी हात धुने भन्ने विषयमा बिराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका डा। पार्थ गुरागाइले विद्यार्थी लगायत उपस्थित सम्पूर्ण अभिभावकलाई प्रशिक्षण दिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − eight =