सचिवलाई गाडी बुझाएर रिक्सामा घर फर्किए कांग्रेस नेता

 

माघ ४, काठमाडौँ । नेपाली कांग्रेस प्रदेश ५ संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफूले चढेको गाडी फिर्ता गरेका छन् । 

प्रदेशसभाका लागि खरिद भएका १३ वटा मध्ये ११ वटा गाडीमा अनियमितताको आशंका गर्दै प्रदेशसभाले उपसमिति गठन गरेर छानविन सुरु गरेपछि गत पुस २७ गते सार्वजनिक लेखा समितिका सभापछि डिल्ली चौधरीले गाडी फिर्ता गरेका थिए भने आज नेता शर्माले प्रदेशसभाले उपलब्ध गराएको लु१झ ४४७ नम्बरको गाडी फिर्ता गरेका हुन् । 

null

संसदीय दलका नेता शर्माले गाडीको चाबी र बिलबुक प्रदेशसभा सचिव दुर्लभ कुमार पुनलाई बुझाइ सकेका छन् । 

विवादित गाडी प्रदेशसभालाई बुझाउँदै नेता शर्माले आफू साइकल चढेर प्रदेशसभा आउने बताए । 

प्रदेशसभालाई गाडी बुझाएपछि ना १ ह ६८१६ नम्बरको अटो रिक्सा चढेर उनी आफ्नो घर रुपन्देहीको तिलोत्तमा नगरपालिका तर्फ लागेका थिए । 

छानविन समितिले मुख्यमन्त्रीको कार्यालय तथा मन्त्रिपरिषदको कार्यालयदेखि प्रदेशका सबै मन्त्रालय र प्रदेशसभा सचिवालयले पठाएका सवारी साधनसम्बन्धि फाइल अध्ययन गरिरहेको छ । 

नेकपाका सांसद कुलप्रसाद पोखरेलको संयोजकत्वमा बनाइएको उपसमितिमा काँग्रेसका वैजनाथ कलवार र राजपाकी कल्पना पाण्डे सदस्य रहेका छन् । 

प्रदेश ५ को संसद तथा सरकारले यस आर्थिक वर्षमा करिव २३ करोडका सवारी साधन खरिद गरेको थियो । जसमा प्रदेश सभाको लागि १३ वटा गाडी करिव ८ करोडमा खरिद गरिएको थियो । 

बजार मूल्यभन्दा बढीमा खरिद भएको र एक महिनामा नै बिग्रन थालेपछि ठूलो घोटला भएको आशंका गरिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =