‘राष्ट्रिय विज्ञान दिवस’: प्रधानमन्त्रीद्वारा २ पत्रकारलाई पुरस्कार प्रदान

असोज १, काठमाडौँ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज असोज १ गते सातौँ ‘राष्ट्रिय विज्ञान दिवस’ २०७६ सफलतापूर्ण भव्यताका साथ सम्पन्न गरेको छ ।  

यस वर्षको राष्ट्रिय बिज्ञान दिवसको नारा “विज्ञान, प्रविधि र नवप्रवर्तनः सामाजिक आर्थिक रुपान्तरण” भन्ने रहेको छ । उक्त दिवसको मूल समारोह समितिको मुख्य कार्यक्रम आज राष्ट्रियसभा गृह, भृकृटीमण्डपमा भएको थियो । सो अवसरमा विज्ञान तथा प्रविधिको क्षेत्रमा कलम चलाई उत्कृष्ठ योगदान पुर्याउने २ जना पत्रकारहरुलाई पनि पुरस्कृत गरिएको छ ।  

पुरस्कृत हुनेहरुमा साइन्स इन्फोटेक डट कम डट एनपीका प्रधान-सम्पादक गोपाल भण्डारी र एबिसी टेलिभिजनकी समाचारवाचिका एवं प्रस्तोता सन्तोषी अधिकारीलाई सम्मान स्वरुप रु. १५ हजार राशिको पुरस्कार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरे ।   

पुरस्कृत हुने गोपाल भण्डारीले गोल्डेन साईन्फिक एज मासिक पत्रिकामा सन् २००९ देखि सन् २०१० सम्म सह-सम्पादक, रिभो साइन्स मासिक पत्रिकामा सन् २०१२  देखि सन् २०१४ सम्म सह-सम्पादक, साइन्स इन्फोटेक डट कम डट एनपी अनलाइन पत्रिकामा सन् २०१४ देखि हालसम्म प्रधान-सम्पादकको रुपमा रहेर काम गरेका छन् ।  

एक दशकदेखि लेखन, पत्रकारिता र अनुसन्धानमा संलग्न भण्डारीका विभिन्न विषयहरुका १२ वटा पुस्तकहरु, ८ वटा अनुसन्धानात्मक प्रतिवेदनहरु, ४ वटा  बैज्ञानिक जगत नामक जर्लनमा अनुसन्धानात्मक लेखहरु, विभिन्न बिज्ञान मासिक, पाक्षिक पत्रपत्रिकाहरुमा लगभग १०० वटा जति बिज्ञान सम्वन्धि लेखहरु  र  विभिन्न अनलाइनहरुमा लगभग १,००० जति बिज्ञान र अन्य बिषयहरुका लेखहरु प्रकाशित छन् ।   

पत्रकार सन्तोषी अधिकारीले विगत १४ वर्षदेखि पत्रकारिता शुरु गरेका हुन् । शुरुवाती दिनमा देशान्तर साप्ताहिकको संबाददाता, नुवाकोट एफएम, नेपालवाली रडियो नेटवर्क, इमेज एफ एम, इमेज न्युज एफमा समाचार वाचिका साथै कार्यक्रम संचालिकाको रुपमा काम गरेकी थिइन् । उनले एभिन्युज टेलिभिजन, प्राइम टाइम्स टेलिभिजन हुँदै हाल एबिसी न्युज टेलिभिजनमा समाचारवाचिका एवं कार्यक्रम निर्माता, प्रस्तोताको रुपमा काम गर्दै आइरहेकी छिन् । उनका विज्ञानसँग विभिन्न अनुसन्धानमुलक लेख र रचनाहरु प्रकाशित हुनुका साथै टेलिभिजन रिपोर्ट र कार्यक्रम संचालन पनि गर्दै आइरहेकी छिन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =