स्थानीय मिडियाको अवस्था दयनीय

चितवन, पुस २८ । स्थानीय मिडियाको अवस्था दयनीय रहेकोले यसको अवस्था सुधारका लागि सबैको सहकार्य आवश्यक रहेको बताइएको छ । स्थानीय सञ्चार प्रवद्र्धनका सवालहरु विषयक गोष्ठीमा आयोजित वक्ताहरुले उक्त कुरा बताएका हुन् ।
उद्योग वाणिज्य संघ चितवनको सभाहलमा आयोजना गरिएको गोष्ठीमा नेपाल पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष जनक अर्यालले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय सञ्चार माध्यममा श्रमजीवीले न्यूनतम पारिश्रमिक समेत पाउने अवस्था नभएको उल्लेख गरे ।
null
जिल्लामा धेरै सञ्चार माध्यम भएपनि पत्रकारहरुले जीवन निर्वाह गर्ने गरी पारिश्रमिक पाउन नसकेको अर्यालको भनाई छ । त्यस्तै, कार्यक्रममा उज्यालो रेडियो नेटवर्कका अध्यक्ष गोपाल गुरागाईँले स्थानीय सञ्चार माध्यमको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले मन्तव्य राखेका थिए ।








