टी–२० सिरिज जितेका नेपाली क्रिकेटरलाई सरकारले दियो ५/५ लाख नगदसहित सम्मान

 

बैशाख १९, काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको ऐतिहासिक एकदिवसीय र टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलार्ई नगदसहित सम्मान गरेको छ । 

युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशव कुमार विष्टले बिहीबार ऐतिहासिक सिरिज विजेता १६ सदस्सीय नेपाली टोलीलाई ५/५ लाख नगदसहित सम्मान गरेका हुन् । 

null

पारस खड्काको कप्तानी रहेको टोलीमा ज्ञानेन्द्र मल्ल (उपकप्तान), अविनाश बोहरा, बसन्त रेग्मी, भिम सार्की, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी र सन्दीप जोरा रहेका थिए । सबैले ५/५ लाख पुरस्कार प्राप्त गरेका छन् । 

यस्तै सरकारले टोलीका प्रशिक्षक जगत टमटालाई ३ लाख, ब्याटिङ प्रशिक्षक उमेश पटवाल, फिजियो दिनेश भट्ट, ट्रेनर नान्दियाना सुवास चन्द्र र टिम म्यानेजर रमण शिवकोटीलाई भने जनही २/२ लाखले सम्मानित गरेको छ । 

नेपालले गत माघमा युएईविरुद्धको तीन एकदिवसीय र टी–ट्वान्टी सिरिज जितेको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + ten =