घुससहित वडाध्यक्ष र कर्मचारी पक्राउ

फागुन १४, रुपन्देही । घुससहित वडाध्यक्ष र कर्मचारी पक्राउ परेका छन्  । 

रुपन्देहीको सम्मरीमायी गाउँपालिका ५ का वडाध्यक्ष श्रवणकुमार यादव ७० हजार घुससहित पक्राउ परेका हुन ।   

चौकिल्ला सिफारिस गरिदिने भन्दै घुस लिँदै गरेको अवस्थामा बुधबार दिउँसो साढे १२ बजे यादव पक्राउ परेको अख्तियार बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताएका छन् ।   

null

त्यस्तै, अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले उच्च सरकारी वकिलको कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादवलाई १५ हजार घुससहित पक्राउ गरेको छ ।   

उनले बन्दिप्रत्यक्षीकरणको मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवा ग्राहीबाट घुस लिँदै गर्दा बुधबार दिउँसो १ बजे पक्राउ परेको आयोगका प्रवक्ता भुसालले जनाए ।   

पक्राउ परेका दुबै जनालाई अनुसन्धानमा राखिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 5 =