ग्लोबल कलेजले ‘जिसिआई फिएस्टा २०१८’ आयोजना गर्ने

काठमाडौं । ग्लोबल कलेज इन्टरनेसनलले वार्षिक व्यवस्थापन महोत्सव ‘जिसिआई फिएस्टा २०१८’ गर्ने भएको छ । २० जुलाई (साउन ४ गते) बाट सुरु हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।

कलेज प्रशासनका अनुसार महोत्सवमा विभिन्न १० कार्यक्रम समाविष्ट छन् । तिनले विद्यार्थीलाई व्यवसाय, व्यवस्थापन र लगानीका विभिन्न विद्यामा आफ्नो क्षमता पहिचान गर्न मद्दत गर्ने कलेज प्रशासनको भनाई छ ।

जीसीआइ फिएस्टा अन्तर्गतका गतिविधिमा बिजनेस स्टिम्युलेसन कार्यक्रम, बिजनेस टक, केस एनलाइसिस, आइडिया पिचिङ, बिजनेस क्विज, फोटोग्राफी, भिजुअल एड, फुटसल, आइटी कम्पिटिसन र रक्तदान कार्यक्रम छन् ।

फिएस्टा एक हप्तासम्म चल्नेछ । कम्पिटिसन आयोजना गर्नुअघि कलेजले कार्यशाला र प्रशिक्षण पनि दिनेछ । यसले विद्यार्थीलाई सिक्न र प्रतिस्पर्धा गर्न मद्दत गर्ने कलेजले जनाएको छ ।

कलेजका प्रिन्सिपल डा. करणसिंह ठगुन्नाले भने, ‘हामीले विद्यार्थीको क्षमता बढाउन निरन्तर रुपमा कार्यक्रमहरु गरिरहेका छौं ताकि विद्यार्थी छँदैमा उनीहरुले वास्तविक व्यावसायिक संसारको अनुभव गर्न सकून् । आधारभूत रुपमा बिबिए र एमबिएका विद्यार्थीले कक्षा कोठाभित्रै व्यवसायका व्यावहारिक पक्षबारे थुप्रै कुरा सिकिरहेका छन् । जिसिआई फिएस्टा जस्ता कार्यक्रमले विद्यार्थी र बजारको वास्तविकताबीचको खाडल पुर्ने काम गरिरहेका छन् ।’

कार्यक्रम निर्देशक समिर शर्माका अनुसार जिसिआई फिएस्टा साताव्यापी हुनेछ । यसमा विद्यार्थीलाई दक्षता, नेतृत्व, टिमवर्क र व्यवसायका व्यावहारिक आधारभूत पक्षमा केन्द्रित कौशलको व्यवस्थापकीय प्रतिस्पर्धामा सामेल गराइने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *